मंगलबार, माघ २१ २०७६    
Galaxy Khabar
SKIP THIS

ओठे भाषणमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २१ २०७६
  • ओठे भाषणमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई

    हाम्रा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कस्ता व्यक्ति हुन् भन्ने कुराको छनक एउटै घटनाले दिन्छ। मन्त्रालय सम्हाले लगत्तै उनले पशुपति मन्दिर क्षेत्रमा साँझको आरति शुरु गर्नु अघि राष्ट्रगान बजाउन निर्देशन दिएलगत्तै उदाङ्ग भएको हो। तर, उनको पहिलो गाँसमै ढुंगा लाग्यो। पशुपतिमा आरति र भजनको ठाउँमा राष्ट्रगान घुसाएपछि यति कडा विरोध भयो कि पछि हट्नु पर्यो।

    विद्यार्थी राजनीतिदेखि नै मिडियामा छाइरहन मन पराउने उनी मन्त्री भएपछि मिडियाबाट टाढा रहन कहाँ सकून् ? यस्ता ऊर्जाशील मन्त्रीको ऊर्जा उदांगो हुनु स्वभाविकै हो। तरऽ कस्तो ऊर्जा भने, ओठे भाषणमा मात्रै ऊर्जा सीमित गर्न लागेको देखिन्छ। हुन त व्यवहारमा ठोस् काम गर्न नसकेपछि बोेलेरै भए पनि त काम हुँदैछ भन्ने सन्देश त दिनै पर्याे। आफ्नो मन्त्रालयमा ठोस काम भएको भए पो यो काम चार्हीँ भयो है भनेर देखाउनु। नभएपछि बोलेरै जनताको आँखामा छारो हाल्ने त हो?

    त्यसैले त काठमाडौँको एक कार्यक्रममा उनले पर्यटन क्षेत्रमा अनुसन्धान नहुँदा कार्यक्रम ल्याउन नसकेको दुखेसो पोखेछन्। पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको भाषण छोडेछन्। अनुसन्धान हुनु त अवश्य राम्रो हो तर उनले अनुसन्धान थाल्दा करिव तीन वर्ष बाँकी रहेको मन्त्री पदै चिप्लेला ?

    रोचक गफ त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा दिएछन्। नेपाल भ्रमण वर्षमा मोदी आउने अपेक्षा रहेको गफ ठोके। न यो भारतीय इभेन्ट हो न त उनको आवश्यकता यहाँ छ ? तर मोदी नेपाल आउनेबित्तिकै नेपालको पर्यटन क्षेत्रमा चमत्कारै आउलाजस्तो घोषणा गरेर लज्जास्पद व्यवहार देखाए। मानौँ, मोदी आए अरे, पर्यटन मन्त्रीको काम मोदीले नै गरिदिए उनको काम चाहिँ के रहेछ ?

    शुक्रबारबाट साभार।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार