मंगलबार, माघ २१ २०७६    
Galaxy Khabar
SKIP THIS

नेपाली कांग्रेसले सरकारका राम्रा कामको समेत आलोचना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २१ २०७६
  • नेपाली कांग्रेसले सरकारका राम्रा कामको समेत आलोचना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउने दाबी गरेका छन्। राजधानीको सभा गृहमा अखिल नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली यस्ताे दाबी गरेका हुन्। प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारका राम्रा कामको समेत आलोचना गरेको भन्दै यस्तो दाबी गरेका हुन्।

    उनले भने, ‘सरकारका राम्रा कामलाई कांग्रेसले नकारात्मक रुपमा प्रचार गरिहेरको छ। आगामी निर्वाचनमा पनि नेकपाले दुई तिहाईको स्पष्ट बहुमत ल्याउछ। स्पष्ट दुई तिहाई मत ल्याउनबाट कसैले रोक्न सक्दैन। कसैले नेकपालाई रोक्ने सपना देखेको भए अहिलेदेखि नै तयारी थाले हुन्छ। अचेल नेकपा सरकारका राम्रा पक्षलाई पनि नराम्रो रुपमा प्रचार गर्ने काम हुँदैछन्।’

    कार्यक्रममा प्रतिपक्षि कांग्रेसको कडा आलोचनामा उत्रिएका ओलीले राष्ट्रपति विद्या भण्डारीको बचाउ गरेका छन्। प्रधानमन्त्री ओलीले एअपोर्टमा राष्ट्रपतिलाई सोफामा राखेर तस्बिर खिचाएको विषयलाई लिएर सामाजिक सञ्जालमा अनाश्वक प्रचार गरिएको बताए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार