मंगलबार, माघ २१ २०७६    

लोकप्रिय गायक बद्री पङ्गेनीलाई पितृशोक

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २१ २०७६
  • लोकप्रिय गायक बद्री पङ्गेनीलाई पितृशोक

    लोकप्रिय गायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ। गायक पंगेनीका पिता बोधराजको ७० वर्षको उमेरमा आज काठमाडौँमा निधन भएको हो।

    काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ। उनी दमसम्बन्धी समस्याबाट पीडित रहेका थिए।

    पारिवारिक स्रोतका अनुसार उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ। उनका दुई छोरा र एक छोरी छन्। स्व.बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार