
चर्चित नायक तथा निर्देशक शिबन पोखरेलको निर्देशनमा “पछ्यौरी घर बुना” बजारमा आएको छ । नेपाली गित संगीतको दुनियामा आफ्नो छुटै पहिचान बनाउन सफल कलाकार निर्देशनमा पछिल्लो समय आएको “पछ्यौरी घर बुना”मा निवास थापाको आवाज रहेको छ ।
यस गितमा लय, शब्द नेपाली गित संगीतका गुरु मानिने कलाकार गायक एबम् संगीतकार बिबि अनुरागीको रहेको छ । यस गितमा एरेन्ज कृष्ण बिक भान्जाको रहेको छ । मिक्सीङ श्यामश्वेत रसाईलीको रहेको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको यो गितले छोटो समयमा नै बजार तताएको छ ।
चर्चित नायक तथा निर्देशक शिबन पोखरेलको निर्देशन रहेको गितलाई अजय रेग्मीले छायांकन गरेका छन् । अधिनायक मान सेरचनले संम्पादन गरेको भिडियोलाई युबिन, अप्सना, बिदुर र पुजाको अभिनय देख्न सकिन्छ । र यस गितलाई शहार फिल्मस एण्ड ईन्टरटेइमेन्टले बजार ब्यबस्थापन गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
