बुधबार, माघ २२ २०७६    
Galaxy Khabar
SKIP THIS

प्रभु बैंकको अवस्था नसुध्रने

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ २२ २०७६
  • प्रभु बैंकको अवस्था नसुध्रने

    प्रभु बैंकको ओरालो यात्रा निरनतर चलेको छ । बैंकको खराब अवस्थाका कारण डुब्ने खतरा समेत देखिएको छ । हामीले केहि साता पहिले प्रभु बैंकको खराब कर्जा झन् धेरै बढ्ने विश्लेषण गर्दै बैंकको अवस्था नसुध्रने समाचारमा उल्लेख गरेका छौं ।

    उक्त विषय बैंक आफैले पुष्टि गरेको छ । बैंकको ऋण धेरैले डुबाएका छन् । बैंकले ऋण उठाउन सकेको छैन । उल्टै खराब ऋण बढेको छ । किष्ट र ग्राण्ड जस्ता खराब बैंकलाई आफूमा गाभेको प्रभु बैंकले खराब कर्जा घटाउन नसक्दा उसले खुद नाफामा खासै सुधार गर्न सकेको छैन। बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट बढेर ३.१२ प्रतिशत पुगेको छ ।

    बैंकको खराब अवस्थाले नाफामा राम्रो सुधार समेत हुन सकेन । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड रहेको छ ।

    समीक्षा अवधिमा बैंकले निक्षेप संकलन बढाएर १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ र्पुयाएको छ भने कर्जा प्रवाह बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ र्पुयाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ अर्ब ८९ करोड रहेको यस बैंकको चुक्ता पूँजी पुस मसान्तसम्ममा बढेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

    यता बैंकको जगेडाकोषको आकर भने झनै घटेको छ । गत वर्ष ३ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार