बुधबार, माघ २२ २०७६    

बुद्ध बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ २२ २०७६
  • बुद्ध बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने

    बिगत १२ बर्ष देखी गीत संगीत मार्फत बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने शन्देश लिएर बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने भएको छ । नेपाल सांगीतीक संघले हरेक बर्ष राष्ट्र, राष्ट्रियता अनि नेपाली गीत संगीतलाई योगदान पुर्याएका श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।

    बरिष्ठ गायक स्व. फत्तेमान राज भण्डारीको नाममा रहेको सो पुरस्कारमा रु २५ हजार नगद पनि रहेको छ । बुद्ध भारतमा जन्मिएको हो भन्ने पुस्तकलाई कलेजबाट हटाउनुपर्छ भन्दा कलेजबाट रेष्टीकेट भएका धिरजले आन्दोलन गरेका थिए । त्यसपछि भने सो पुस्तकलाई एम. ए. दोस्रो बर्षको पाठ्यक्रमबाट हटाईयो ।

    सोही घट्ना पछि धिरजले बिश्वबाट त्यस्ता गलत पुस्तकहरु हटाउने अभियान चलाउदै आएका छन् । “यो पुरस्कारले मेरो काधमा जिम्मेवारी अझ बढेको छ ।” भर्खरै युरोपका १२ वटा देशमा बुद्ध अभियान चलाएर आएका गायक राई भन्छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार