
लोकप्रिय गायक वीरेन्द्र जोहारीले भरखरै ‘मुई डोली’ भाग – २ को भिडियो सार्वजनिक गरेका छन् l कमल बमको शब्द / सङ्गीत तथा कृष्ण पुनको म्युजिक एरेञ्ज रहेको यस गीतमा वीरेन्द्रलाई सुदूरपश्चिमकी लोकप्रिय गायिका पुष्पा बोहराले साथ दिएकी छिन् |‘मुई डोली’ को पहिलो भागमा पनि पुष्पा र वीरेन्द्रकै स्वर रहेको थियो l साँचो साँचो भन प्रिय मेरो यादमा तिमीले के के गर्यौ ? गीतमा युवतीको प्रश्न छ| युवक भन्छ – ‘मैले त रुँदा रुँदा आँसुको खोला नै बगाएँ l’ त्यही प्रश्न फेरि युवकले आफ्नी प्रेमीकालाई गर्छ |
प्रेमिकाले भन्छे –’म पनि यति रोएँ आँसुले चोली नै भिज्यो l’ अत्यन्तै प्रेमिल भावले भरिपूर्ण यो गीत शव्दले खोजे झैं हृदयस्पर्शी र फरक मेलोडीमा रहेको छ | कुनैपनि गीतको लयबाट प्रभावित नरहेको यो गीतको सुरुका पङ्क्ति सुन्नेबित्तिकै जो कोही स्रोतालाई जिज्ञाशु र रोमाञ्चित बनाउँछ | ४ दिन अघि मात्र युट्युबमा अपलोड भएको यो भिडियो हेरेका अधिकांश दर्शकले गीतको मात्र नभई भिडियोको समेत प्रशंसा गरेका छन् |
शिव बि. क. को निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ को छयाङ्कन तथा सम्पादन रहेको यस भिडियोमा सम्पदा बानिया र वीरेन्द्र जोहारी स्वयम्को अभिनय रहेको छ | पहिलो भागको भिडियोमा पनि वीरेन्द्र र सम्पदाकै अभिनय थियो | ‘गीत तथा भिडियोमा पहिलो भागको कथाको सिलसिला छ | भाग – २ को अन्त्यमा नायक – नायिकाको भेट त भएको छ तर कुनै संवाद भएको छैन | एकअर्कालाई सम्झिएर लामो समयदेखि तड्पिएका प्रेमी जोडीको भेट हुनासाथ भिडियो सकिएको छ | वीरेन्द्र जोहारी भन्छन्- ‘यसपछि कथाले कस्तो मोड लिन्छ, त्यो कुरा गीतकारलाई मात्र थाहा छ |
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
