
आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत यतिबेला नेपाल र ओमान खेलिरहेका छन्। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आइतवार जारी खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ। नेपालले ४२/३ ओभरमा २ सय रन पूरा गरेको छ।
यस क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६, पारस खड्काले ३८, कुशल मल्लले २८, सुवास खकुरेलले २२ रन बनाए। त्यस्तै आरिफ शेखले २८ रन बनाए। क्रीजमा रहेका विनोद भण्डारीले १८ र करण केसीले १ रन बनाएर खेलिरहेका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
