
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण स्थगित भएको छ। आइतवार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो।
पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बस्ने तय भएको थियो। लामो समयदेखि मृगौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आइरहेका थिए। शनिवार साँझ पनि उनको डायलासिस भएको थियो।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
