
चीनको वुहानमा रहेका नेपालीका अभिभावक मानव अधिकार आयोग पुगेका छन्। उनीहरुले आइतबार मावअधिकार आयोग अध्यक्ष अनुपराज शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।
पीडितका अभिभावकले सरकारलाई आफ्ना आफन्त ल्याउन समय तोक्न मानवअधिकारमार्फत माग गरेका छन्। उनीहरुले यसअघि बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर आफ्ना आफन्तलाई उद्धार गरेर ल्याउन माग गरेका थिए।
आयोगका अध्यक्ष अनुपराज शर्माले चीनको वुहानमा रहेका नेपाली चिकित्सक गौरव पोखरेलसँग टेलिफोन संवाद गरेका थिए। संवादका क्रममा उनले त्यहाँको स्थितिबारे बुझेका थिए।
चीनको वुहानमा १८० नेपाली रहेका छन्। त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण आवतजावतमा समेत प्रतिबन्ध लगाइएपछि नेपालीहरु समस्यामा परेका हुन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
