
त्रिभुवन बिमानस्थलमा भीषण आगलागी भइरहेको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारीले आगो निभाउने प्रयास गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको हो । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो । अहिले नगर प्रहरीको दमकल पुगेर आगे नियन्त्रणमा लिने प्रयास गरिरहेको छ’ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । कफिसपबाट शुरु भएको आगोले यात्रु प्रतिक्षालय समेत जलेर नष्ट भएको छ । आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागीका कारण अन्तराष्ट्रिय उडान समेत बन्द भएको छ । भने, काठमाडौंमा अवतरण हुनुपर्ने चाइना साउर्दन, सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जाहज आकाशमै घुमि रहेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
