सोमबार, माघ २७ २०७६    
Galaxy Khabar
SKIP THIS

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रियताको रक्षा गरेर सरकार अघि बढ्ने

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २७ २०७६
  • नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रियताको रक्षा गरेर सरकार अघि बढ्ने

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताउनुभएको छ । गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रियत स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने बताउनुभएको हो ।

    “विश्वका विभिन्न ठूला–ठूला शक्तिशाली भनिएका देशहरु अरु देशको औपनिवेशिक हुँदा नेपालका हाम्रा पुर्खाहरुले हाम्रो देशलाई कहिल्यै अरुको औपनिवेशिक हुन दिएनन्उ हाँले भन्नुभयो,“सधैँ सार्वभौम सम्पन्न,स्वाधीन राष्ट्रका रुपमा बचाइराख्नुभयो,अब हाम्रो पुस्ताले पनि त्यसलाई कमजोर हुन दिने छैन ।” पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी नेकपा दृढ रहेको भन्दै उहाँले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकार अघि बढ्ने बताउनुभयो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार