सोमबार, माघ २७ २०७६    
Galaxy Khabar
SKIP THIS

ईशनाथ नगरपालिका ४  मठियाबाट एकजना भारतीयलाई प्रहरीले हवाइ फायर गरेर नियन्त्रण

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २७ २०७६
  • ईशनाथ नगरपालिका ४  मठियाबाट एकजना भारतीयलाई प्रहरीले हवाइ फायर गरेर नियन्त्रण

    प्रहरीले हवाइ फायर गरेर ईशनाथ नगरपालिका ४  मठियाबाट एकजना भारतीयलाई तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको छ । विहार राज्यको पूर्वी चम्पारण कुन्डवा चैनपुर घर भएका १८ वर्षीय सचिन गोसाइँलाई शनिबार मध्य राति पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी  दिए । ‘गोसाइँको बयानका आधारमा ७० बोरा ३० क्विन्टल केराउसमेत बरामद गरेका छौँ,’ एसपी खड्काले भने । जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले शनिबार मध्य राति भारततर्फ लैजान लागेको अवस्थामा ७० बोरा केराउ बरामद गरेको हो । एसपी खड्काका अनुसार राति १२ बजे रौतहटको मठिया गाउँनजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए ।

    प्रहरीको गस्ती टोलीलाई देखेपछि तस्करहरू भारततर्फ भागे । त्यसै क्रममा चार राउन्ड हवाइ फायर गरेर एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य तस्कर भने भारततिर भागेका एसपी खड्काले जानकारी दिए । पक्राउ परेका गोसाइँको बयानका आधारमा एक घरबाट प्रहरीले ७० बोरा केराउ बरामद गरेको हो । बरामद ३० क्विन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान छ । ईशनाथ नगरपालिका ४  मठिया नाकाबाट प्रहरीकै मिलेमतोमा दैनिक ठूलो परिमाणमा तस्करी हुने गरेको स्थानीयले बताए ।  मठियाबाट दैनिक तस्करी हुने गरेको सूचनाका आधारमा प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गौरले विषेश टोली परिचालन गर्न थालेको छ । पछिल्लो समय रौतहटका विभिन्न नाकाबाट नेपाली केराउ भन्सार छलेर भारत जाने गरेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार