
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पारेको ललिता निवास अर्थात बालुवाटार जग्गा प्रकरण सर्वत्र चासोको विषय छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी र सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित दुई पूर्वमन्त्री र तीन पूर्वसचिवसमेत १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
यो प्रकरणमा प्रभु बैंक पनि मुछिएको छ । बिवादित जग्गमा प्रभु बैंकले लगानी गरेको प्रमाण अनलाइनपाना डटकमले फेला पारेको छ । अख्तियार श्रोतबाट अनलाइन पानालाई प्राप्त प्रमाणमा प्रभु बैंकले बिवादित जग्गामा लगानी गरेको उल्लेख छ । भएको देखिएको छ । तत्कालिन किष्ट बैंकले सरस्वती गुरुङ र सरला गुरुङका नाममा १० करोड रुपैयाँ लगानी गरेको थियो । किष्ट बैंक प्रभुमा गाभिए पछि प्रभु बैंकको उक्त रकम पनि जोखिममा पर्ने देखिएको छ ।
यो बिवादित जग्गा अब सरकारले लिने र प्रभु बैंकको कर्जा जोखिममा पर्ने पक्का जस्तै भएको छ । उसो त, यसै पनि प्रभु बैंकको अवस्था डामाडोल छ । कर्जा उठाउन नसकेका कारण ठूलो परिमाणमा खराब कर्जाको हिस्सा रहेको छ । अर्को तर्फ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आफैले अर्बौ लगानी बैंकले उठाउन नसकेको भन्दै सञ्चारमाध्यममा बोल्दै हिड्ने गरेका छन् । यसले पनि बैंकको अवस्था डामाडोल भएको र लगानी डुब्ने कन्फर्म जस्तै देखिएको छ । किष्ट र ग्राण्ड जस्ता खराब बैंकलाई आफूमा गाभेको प्रभु बैंकले खराब कर्जा घटाउन नसक्दा उसले खुद नाफामा खासै सुधार गर्न सकेको छैन । बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट बढेर ३.१२ प्रतिशत पुगेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
