मंगलबार, माघ २८ २०७६    
Galaxy Khabar
SKIP THIS

साथी बीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २८ २०७६
  • साथी बीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ

    साथी बीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई धरान प्रहरीले पक्राउ गरेको हो ।

    छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भइरहेको छ । शनिबार दिउँसो सुजन र उनीहरुबीच सामान्य विवाद भएको थियो । सोही साँझ उनीहरुले सुजनलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।

    सुजनकाे परिवारले दिएकाे जाहेरीपछि प्रहरीले उनीहरुलाई खोजी गरी सोमबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार