
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि नेपाली काँग्रेसले पटक पटक आवरोध गरेपछि स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा लगाएको भन्दै काँग्रेसले विरोध जनाएको हो ।
काँग्रेसले एउटै विषयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर नेता गच्छदारलाई मात्र मुद्दा लगाएर आरोप लगाएको छ । ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदले निर्णय गरेपनि प्रस्ताव लैजाने मन्त्रीलाई मात्र मुद्दा दायर गरेर अख्यिारको विश्वसनियतामा प्रश्न उठेको काँग्रेसको आरोप छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
