मंगलबार, माघ २८ २०७६    

तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २८ २०७६
  • तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ

    तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो ।

    वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिसरकार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए । पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।रासस

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार