मंगलबार, माघ २८ २०७६    
Galaxy Khabar
SKIP THIS

टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनयमा “तिमि हौ”

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २८ २०७६
  • टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनयमा “तिमि हौ”

    काठमाडौँ । गीत संगीतको क्षेत्र निकै फराकिलो छ । यो फराकिलो महासागरमा नव- कलाकारहरुको उदयमान बढीरहंदा प्रतिसपर्दा पनि उत्तिकै छ । कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई उत्कृष्ट सांगीतिक स्वाद प्रदान गर्ने क्रममा रहेका हुन्छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र एक आधुनिक बजारमा आएको छ । उक्त गीत “तिमि हौ” बोलको रहेको छ ।

    गीतमा बिशाल निरौला र प्रबिशा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई संगीत, रचना तथा संगीत सयोजन बिशाल निरौलाले गरेका छन् । यस गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनय देख्न सकिन्छ । दिया संगै नेपाली गीत संगीतको म्युजिक भिडियोमा सबैको प्रिय बन्न सफल ओ.बि रायमाझी र सौगात मिश्र पनि देखिएका छन् । उनिहरुकोको अभिनय समायोजनले पनि यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नु मन मुटुमा सजाउने कुरालाई कुनै शंका राख्न सकिंदैन ।

    किन कि “तिमि हौ” बोलको गीतको म्युजिक भिडियोलाई काहीं कतै कन्चुसाई नगरी निर्माण गरिएको छ ।प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन तथा कोरियोग्राफी प्रथम क्षेत्रीले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र प्रमोद श्रेष्ठ त्यसैगरी सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । आफ्ना सम्पूर्ण श्रोता एवं दर्शकहरुमा गीत निर्माण युनिटले जस्ताको त्यस्तै युट्युब कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन अनुरोध गरेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार