मंगलबार, फाल्गुन ६ २०७६    

लक्षु प्रकाश मल्लले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन ६ २०७६
  • लक्षु प्रकाश मल्लले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल

    लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ, नामक गीतले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।

    “म वियोगमा बाँचीरहेँ ” संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ । गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ । मल्ले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परीवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराएका छन् । गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकास मल्ल वि.सं.२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वररशब्दरसंगीत भरिसकेका छन् । सो कार्यक्रमको सभापति समेत गरेका गीतकार साहित्यकार डा. दलिपकुमार मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गरेका छन् । संगीतले आगामी दिनमा नयाँ उचाई कायम गर्ने प्रतिबद्वता मल्लले व्यक्त गरेका छन् । संगीतले नयाँ किर्तीमान कायम गरेकोमा उनी निकै उत्साहित भएको व्यक्त गर्नुका साथै संगीत नेपाली समाजमा निकै लोकप्रिय हुने समेत विश्वास व्यक्त गरेका छन् ।

    त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँ किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गरेकी छिन् । यस संगीतबाट नेपाली कला क्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् । त्यसैगरि कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले सो संगीतलाई शुभकामना दिदैँँ आगामी दिनमा सो संगीतले नयाँ उचाई हासिल गर्ने बताएका छन् । सो संगीत नेपाली समाजमा निकै लोकप्रिय हुने समेत उनले जनाएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथि समेत रहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए । स्टार म्युजिक सेन्टर प्रा.ली. को आयोजना रहेको सो कार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण गरे । एभरेष्ट वल्ड रेकर्डको सर्टिफिकेट ग्रहण गरिसके पश्चात लक्षुप्रकाश मल्लले नेपाली सांगीतीक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउनका लागि आफ्नो तर्फबाट सक्दो योगदान रहने विश्वास समेत व्यक्त गरेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार