मंगलबार, फाल्गुन १३ २०७६    
Galaxy Khabar
SKIP THIS

क्षितिज सलामी मगर र देबी घर्तीको स्वरमा नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित आउदै

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन १३ २०७६
  • क्षितिज सलामी मगर र देबी घर्तीको स्वरमा नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित आउदै

    काठमाडौं, नेपाल

    लोक दोहोरी गायक क्षितिज सलामी मगरको प्रस्तुतीमा होमराज सुनामको उत्कृष्ट लय, शब्द सृजनामा रहेको नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित बजारमा आउने भएको छ । यस गीतमा क्षितिज सलामी मगर र देबी घर्तीको स्वर रहेको छ ।

    चर्चित निर्देशक शिब बिकको निर्देशनमा रहेको सो गीतमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको छ । सो गीतको म्युजिक भिडियो केही दिनमा दर्शक श्रोताहरुले हेर्न र सुन्न पाउने निर्माण पक्षले जानकारी गराएको छ ।

    आफु जहाँ भएता पनि नेपाली माटो र नेपाली गीत संगीतलाई नबिर्सने साथै नेपाली गीत संगीतलाई निरन्तरता दिने कुरामा क्षितिज सलामी मगरले बिश्वस्त दिलाए । केही दिन मै सार्वजनिक हुने “टल टल टल्किने ऐना” नामक गीत युवराज मगरको युटुब च्यानलबाट सार्वजनिक हुदै छ … प्रतिक्षा गर्नूहोला ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार