शनिबार, चैत्र १ २०७६    

पहिलो ‘कमेडी च्याम्पियन’ बने हिमेश पन्त

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, चैत्र १ २०७६
  • पहिलो ‘कमेडी च्याम्पियन’ बने हिमेश पन्त

    काठमाडौँ । धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । यसअघि उनी राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका थिए ।

    उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन् । उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन् । उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए । शोको फाइनलिस्टमा सुमन कोइराला र खड्ग बहादुर पुन मगर पनि थिए ।

    विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्। ‘कमेडी च्याम्पियन’ शो को होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार