शनिबार, चैत्र २९ २०७६    
Galaxy Khabar
SKIP THIS

लक डाउनमा नो कम्प्रमाइज : प्रधानमन्त्री ओली

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, चैत्र २९ २०७६
  • लक डाउनमा नो कम्प्रमाइज : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लक डाउनलाई कडाइका साथ पालना गर्न समेत भनेका छन्।

    ‘अमेरिका, इटाली, फ्रान्स, बेलायतजस्ता राष्ट्रहरूले कोरोना नियन्त्रण गर्न सकिरहेका छैनन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले मन्त्री- मुख्यमन्त्री कोही चिन्दैन। त्यही भएर खेलाँची नगरौं।’

    जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन जरूरी रहेको भन्दै भावनामा बहकिन समेत नहुने प्रधानमन्त्रीले बताए। ‘लक डाउन भनेको लक डाउन नै हो। यसलाई कडाइका साथ पालना गर्नु पर्छ। नो कम्प्रमाइज,’ प्रधानमन्त्रीले भने।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार