
म्याग्देली गायक एबं सर्जक रमेश बिक्रम रत्नको नयाँ गीत “बुट्टे जामा खै” सार्वजनिक भएको छ । उनै गायक तथा सर्थक रमेश बिक्रम रत्न आफ्नो जे जस्तो परिस्थिती र अवस्था आएपनि आफ्नो सांगीतीक क्षेत्र छोडेका छैनन् । अझै यस क्षेत्रलाई निरन्तरता दिने सोंच रहेको उनी बताउछन् ।
अहिले पछिल्लो समय लकडाउनको असर परेतापनि उनले “बुट्टे जामा खै” नामक गीत सार्वजनिक गरेका छन् । यस गीतमा रमेश क्रिम रत्न र दिपेन थापाको स्वर रहेको छ भने रमेश बिक्रम रत्नको शब्द, संगीत रहेको छ । रमेश बिक्रम रत्नकै निर्देशन रहेको गीतमा भुपेन बानियाको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा रमेश बिक्रम रत्न, कबिता सृष्टिको अभिनय रहेको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नहोला ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
