सोमबार, भाद्र १५ २०७७    
Galaxy Khabar
SKIP THIS

सुनपानी चलचित्रकी नायिका आशा भुषालको पुनः आगमन

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, भाद्र १५ २०७७
  • सुनपानी चलचित्रकी नायिका आशा भुषालको पुनः आगमन

    चर्चित नेपाली कथानक चलचित्र सुनपानी सहित आधा दर्जन नेपाली चलचित्र अनि ४ वटा भोजपुरी चलचित्र र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी नायिका तथा मोडल हुन् आशा भुषाल, सानै देखी नाच्ने अभिनय गर्नेमा रुची राख्ने गर्थिन । यस क्षेत्रमा प्रवेश गर्ने उनको ईच्छालाई घरपरिवारले साथ सहयोग गरी पुरा गरिदिएको उनि बताउछिन् । हालः सम्म उनले ४ वटा भोजपुरी मुभी, नेपाली कथानक चलचित्र दुश्मनी, लभ ईज लाईभ, बबाल, सुनपानी, समपर्ण र अहिले नयाँ मुभी झिङ्गे दाउ र अभिनय गरिसकेकी छिन् । केही बर्ष उनले आफ्नो पारिवारिक कारणले चलचित्र अनि म्युजिक भिडियोबाट ब्रेक गरेकी र पछिल्लो समय अभिनय यात्रालाई निरन्तरता दिएकी हुन् । आगामी दिनहरुमा यसै क्षेत्रलाई निरन्तरता दिने सोंच रहेको उनले बताइन् । लकडाउनको कारणले सुटिङका कामहरु बन्द भएको र लकडाउन खुलेपछि सुटिङका बाँकी कामहरु सुचारु हुने उनले जानकारी गराईन् । उनै नायिका तथा मोडल आशा भुषालसंग हाम्रा सहकर्मीले गरेको अन्तरबार्ताको सम्पादित अंशः

    १, तपाईको आजकल दिनहरु कसरी बितिरहेका छन् ?

    यस्तो कोरोना अनि लकडाउनको बेला के गर्नु घरपरिवार संगै बस्ने टिभि हेर्ने, नेट चलाउने बस्ने नै हो । बाहिर निस्केको छैन । लकडाउनको पुर्ण पालना गरेकी छु ।

    २, अभिनय क्षेत्रमा लागेको कति बर्ष जति भयो ?

    धेरै बर्ष भयो यो क्षेत्रमा लागेको तर बिचमा आफ्नो पारिवारिक अनि घरायसी कामले गर्दा केही बर्ष ब्रेक भए । अहिले पछिल्लो समयमा कोरोना कहर र लकडाउनले गर्दा धेरै कलाकारहरुको सुटिङको काम रोकिएको छ । मेरो बाँकी काम लकडाउन पछि हुन्छ ।

    ३, केही बर्ष आफ्नो अभिनय यात्रालाई ब्रेक गर्दा कस्तो महसुस गर्नुभयो ?

    केही बर्ष अघि मलाई आशा भुषाल कता हराई, किन आउदिन आजकल म्युजिक भिडियोमा भनेर केही दर्शक श्रोताहरु एबं मेरा शुभचिन्तकहरुले चासो गर्नुभएको थियो । जसले गर्दा खुसि लाग्यो । तर दर्शक श्रोताहरुको माग पुरा गर्न नपाउदा दुख पनि थिए । मेरो पारिवारिक कामले गर्दा ब्रेक हुनु पर्ने बाध्यता थियो । दर्शक श्रोताहरु कै मायाले फेरी उदाएकी छु । पहिला जस्तै माया गरिदिनुहुने छ भन्ने आशा गरेकी छु ।

    ४, यस क्षेत्रमा लाग्ने सोंच कसरी आयो, पैसा कमाउनका लागी यस क्षेत्रमा लागेकै हो त ?

    मेरो रुची सानै देखी नाच्ने गाउने थियो । नाच्ने गाउने भनेपछि हुरुक्कै हुन्थे म । सानैदेखी नै यस क्षेत्रमा आउने आफ्नो सपना पुरा गर्ने ईच्छा थियो । अरुको देखेर नै मलाई रहर जागेर आयो । म पैसा नै कमाउने भन्दापनि आफ्नो सपना पुरा गर्न र आम दर्शकहरुको माया पाउछु की भनेर लागेकी हुँ ।

    ५, तपाईको अभिनय यात्रा कुन गीत या फिल्मबाट सुरुवात भएको थियो ?

    मेरो अभिनयको यात्रा दुश्मनी नामक नेपाली चलचित्रबाट सुरुवात भएको थियो ।

    ६, हालः सम्म कतिवटा चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
    हालः सम्म आधा दर्जन जति नेपाली चलचित्र अनि ४ वटा भोजपुरी चलचित्र र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरें । तर यती गीतमा अभिनय गरें भनेर एकिन नै छैन अहिले । मैले अभिनय गरेको नेपाली चलचित्र सुनपानीबाट धेरै दर्शकहरुको माया पाए । त्यसपछि झन उत्साहित भए म ।

    ७, अहिले सम्म कुन –कुन चलचित्रमा अभिनय गर्नु भयो ?

    मैले नेपाली चलचित्रहरु दुश्मनी, लभ ईज लाईभ, बबाल, सुनपानी, समपर्ण र अहिले नयाँ मुभी झिङ्गे दाउ र ४ वटा भोजपुरी मुभीमा अभिनय गरे । सबै चलचित्रमा मैले राम्रो प्रस्तुती दिएको छु । सबैबाट मैले राम्रो प्रतिक्रिया पनि पाए ।

    ८, म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्दा के भिन्नता पाउनुभयो ?

    काम सानो ठुलो हुँदैन । सबै काम बराबर हुन्छ । जसरी पनी हामीले आफ्नो कर्म गर्ने हो । आफुले पाएको भुमिका निर्वाह गर्ने हो । चलचित्रमा काम गर्दा महिनौ दिन लाग्छ तर म्युजिक भिडियो एक दिन मै सकिन्छ । म्युजिक भिडियो त रातारात आउछ । चलचित्र त केही महिना नै लाग्छ । सुटिङ सकिएपछि डबिङ गर्न परो एडिटिङ गर्न परो, एनिमेशन खेल्न परो । मुभी अलि झन्झटिलो चाही हो । तर पनि मैले जुन काम गरेपनि उत्तिकै मेहनतका साथ गरेकी हुन्छु ।

    ९, नव आगन्तुक कलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?

    केही सिकेर आएपछि यो क्षेत्रमा अवसरहरु पनि पाईन्छ । बिस्तारै अगाडी बढ्दै जाने त हो नी । सुरुमै कोही पनि माथी जान सक्दैन । म नव आगन्तुक कलाकारहरलाई केही सिकेर आउनुहोस् , आफुलाई निखारेर आउनुहोस् । यस क्षेत्रमा भबिष्य राम्रो छ भन्न चाहन्छु ।

    १०, तपाईलाई यस क्षेत्रमा लाग्नका लागी घर परिवारबाट कत्तिको साथ, सपोर्ट छ ?

    मेरो त सानै देखीको रुची हो । त्यसैले यस क्षेत्र छोड्न सक्दिन । मलाई मेरो घर परिवारबाट एकदमै साथ सपोर्ट छ । केही बर्ष अघि यस क्षेत्र भन्दा टाढा हुँदा के भएन के भएन जस्तो लाग्थ्यो । लकडाउन भन्दा अघि पनि म्युजिक भिडियोहरुमा अभिनय गरे । तर अहिले लकडाउनले गर्दा काम गरेको छैन । लकडाउन खुकुलो भएपछि रोकिएका कामहरु बन्नेछन् । आगामी दिनमा यही क्षेत्रलाई नै निरन्तरता दिने सोंच बनाएकी छु ।

    ११, तपाईको आगामी योजनाहरु के के छन् ?

    लकडाउन खुकुलो भएपछि मेरो सुटिङहरु हुन्छन् । मैले फिक्स गरेको सुटिङलाई पहिलो प्राथमिकता दिन्छु अनि अरु सुटिङहरुलाई समय दिन्छु । बँकी कामहरुलाई पुर्णता दिनेछु । आफनो अभिनय यात्रालाई निरन्तरता दिने मेरो योजना छ ।

    १२, पछिल्लो समयको सांगीतीक क्षेत्रको अवस्थालाई कसरी मुल्यांकन गर्नुभएको छ ?

    अहिले पछिल्लो समयमा सांगीतीक क्षेत्रमा आएका बिकृतीहरु आएका छन् । सांगीतीक क्षेत्रलाई धमिल्याउने कोसिस भएको छ । भित्राउने जस्ता गीत नगर्ने, समाजमा अपाच्य हुने खालका गीतहरु आएका छन् त्यो मलाई मन परेको छैन । अब सांगीतीक क्षेत्रलाई बुद्धिजिवी कलाकारहरुले सुधार्न जरुरी छ ।

    १३, सांगीतीक क्षेत्र र चलचित्र क्षेत्रमा आफु अगाडी बढ्नका लागी अर्काको गुलामी गर्नपर्छ भन्ने सुनिन्छ नी । के यो साँचो हो ?

    त्यो कुरा सहि हो । यस क्षेत्रमा अर्काको गुलामी हुनुपर्छ, डाईरेक्टर अनि प्रोड्युसरले जे भन्यो त्यही गर्नुपर्छ । नत्र अगाडी आउन सकिदैन । मलाई त्यस्तो ब्यवहार मन पर्दैन । मलाई अरुको गुलामी भएर अगाडी आउन मन लाग्दैन । आफु सँग क्षमता छ भने एकदिन अवश्य अगाडी आउन सकिन्छ । आफ्नो अडान छोड्नु हुन्न । पछिल्लो समयमा कलाकारहरुले आफ्नो संस्कृती तथा धरातल बिर्सेका हुन् की जस्तो मलाई लाग्छ । आफ्नो संस्कृती र धरातललाई बिर्सनु हुँदैन । समाजमा पच्ने खालका भिडियोहरु बनाउनु पर्छ । पछिल्लो समयमा सांगीतीक क्षेत्रमा बिकृतीहरु धेरै भित्रिएका छन् । त्यसैले पनि मलाई कलाकार भनेर चिनाउन पनि लाज लाग्छ । आशा गरौं अबको सांगीतीक क्षेत्र सभ्य अनि भब्य बनोस् ।

    १४, तपाई बिबाहित की अबिबाहित ?

    म अबिबाहित हुँ ।

    १५, बिबाह गर्ने बारे तपाईको योजना के छ ? कहिले हुन्छ तपाईको बिबाह ?

    बिवाह त समय आएपछि हुन्छ । जहिले लगन आउला त्यहि बेला गरौला । अहिले बिहेको केही सोंच गरेकी छैन ।

    १६, अन्त्यमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?

    अब आउने मेरा म्युजिक भिडियोहरुलाई माया गरिदिनुहोला । अहिले कोरोनाको त्रास छ । कोरोना देखी सबै सचेत रहनुहोला । लकडाउनको पुर्ण पालना गर्नुहोला । घरमै सुरक्षित रहनुहोला । दर्शक श्रोताहरुको मायालाई कहिल्यै भुल्न सक्दिन यहीं भन्न चाहन्छु । धन्यवाद ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार