शनिबार, भाद्र २७ २०७७    
Galaxy Khabar
SKIP THIS

लोकप्रिय गायक, सर्जक बिष्णु खत्रीको दशैं बिशेष गीत “रिनै रिनको” ट्रेडिङमा (भिडियो सहित)

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, भाद्र २७ २०७७
  • लोकप्रिय गायक, सर्जक बिष्णु खत्रीको दशैं बिशेष गीत “रिनै रिनको” ट्रेडिङमा (भिडियो सहित)

    चर्चित गायक एबं सर्जक बिष्णु खत्रीले दशैं बिशेष गीत “रिनै रिनको” सार्वजनिक गरेका छन् । बिष्णु खत्रीका गीत धेरै जसो मर्मस्पर्शी हुने गर्दछन् । पछिल्लो समयमा कोरोनाको महामारीको कारणले लकडाउन र निषेधाज्ञा भएको अवस्था छ ।

    जसले गर्दा पनि नेपाली जनताहरुले दुख संगै अनेक पिडा भोग्नु परेको अवस्था पनि छ । सोही कुरालाई मध्यनजर गर्दै उनले यस गीत सार्वजनिक गरेका हुन् । हिन्दुहरुको महान पर्व महान चाड दशैं पनि नजिकिदै गरेको अवस्था छ ।

    यो अवस्थामा कसरी दशैं मनाउने भन्ने कुरा नेपालीहरुले चिन्ता लिने बिषय बनेको छ । लकडाउनले गर्दा सबैलाई हात मुख जोड्न समेत गाह्रो बनाएको छ । यसै कथामा आधारित रहेर सार्वजनिक भएको “रिनै रिनको” नामक गीतमा बिष्णु खत्री र पुर्णकला बिसीको स्वर रहेको छ भने बिष्णु खत्रीको शब्द, संगीत रहेको छ ।

    चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा ओबी रायमाझी र सारिका केसीको उत्कृष्ठ अभिनय रहेको छ ।

    सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार