सोमबार, माघ १३ २०७६    

बालुवाटार जग्गा अनियमितताका दोषीमाथि छिट्टै कारबाही अघि बढ्छ : मन्त्री अर्याल

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ १३ २०७६
  • बालुवाटार जग्गा अनियमितताका दोषीमाथि छिट्टै कारबाही अघि बढ्छ : मन्त्री अर्याल

    भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताएका छन् ।

    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् ।

    अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पु¥याएर अनुसन्धान गरिएको मन्त्री अर्यालको भनाइ छ ।

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा अहिले मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

    ‘सीआईबी र अख्तियारले बयान गराउँदा समय लाग्यो, त्यसकारण यो विषयमा निश्कर्ष आउन ढिलाइ भइरहेको छ’ उनले भनिन् ‘हामीले काम गर्छौं, अदालतले प्रश्न उठाइदिन्छ, अदालतले प्रश्न उठाएपछि हाम्रो मिहिनेत खेर जान्छ । मिहिनेत खेर नजाओस् भनेर विधि पु¥याएर जाऔं भन्दा ढिला भयो ।’

    मन्त्री अर्यालले छिट्टै नतिजा देखिने पनि बताइन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार