सोमबार, माघ १३ २०७६    

सभामुख सापकोटा भन्छन् : एमसीसीमा अहिले किन हतार गर्नु ?

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ १३ २०७६
  • सभामुख सापकोटा भन्छन् : एमसीसीमा अहिले किन हतार गर्नु ?

    नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

    सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उनले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्‍यो र ।’

    एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पास गर्नुपर्ने मत राखिरहेका छन् भने अन्य नेताहरुले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको आशंका गरेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार