सोमबार, माघ १३ २०७६    

लेजेण्ड कोब ब्रायन्ट र उनकी छोरीसहित ९ को हेलिकप्टर दुर्घटनामा

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ १३ २०७६
  • लेजेण्ड कोब ब्रायन्ट र उनकी छोरीसहित ९ को हेलिकप्टर दुर्घटनामा

    विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्ट, उनकी छोरी जियानासहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

    ब्रायन्ट सवार निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन । ४१ वर्षीय ब्रायन्टले पाँच पटक एनबीएको उपाधि जितेका थिए । उनलाई यस खेलकै लेजेण्डमध्ये एक मानिन्छ ।

    व्यावसायिक बास्केटबल करिअरमा २० वर्ष एलए लेकर्समै बिताएका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए । उनी ३४ वर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए । उनले सन् २००६ मा टोरोन्टो र्‍याप्टर्सविरुद्ध एक्लै ८१ अंक स्कोर गरेका थिए । जुन एकै खेलमा दोस्रो सर्वाधिक स्कोर हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई टेरिबल न्युज भनेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार