शुक्रबार, असार २४ २०७९    
Galaxy Khabar
SKIP THIS

सफलता

प्रेरक प्रसंग: आफूलाई अरूसँग तुलना नगरौँ

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, असार २४ २०७९
  • प्रेरक प्रसंग: आफूलाई अरूसँग तुलना नगरौँ

    काठमाडौँ – एउटा कागले सोच्यो चराहरूमध्ये म सबैभन्दा कुरूप छु । न मेरो स्वर राम्रो छ, न मेरो पखेटा सुन्दर छ। म कालो रंगको छु।
    यस्तो सोच्दा सोच्दै उसलाई हीनभावनाले ग्रसित गर्यो । एक दिन एउटा बकुल्लाले उसलाई दुःखी देखेर उसको दुःखको कारण सोध्यो ।

    कागले भन्यो, ‘तिमी धेरै सुन्दर छौ, गोरो छालाको छौ, म पूरै कालो रंगको छु। मेरो जीवन बेकार छ।’ त्यसपछि बकुल्लाले भन्यो, ‘साथी म कहाँ सुन्दर छु । जब म सुगा देख्छु, मसँग किन हरियो प्वाँख र रातो चुचुरो छैन भनेर अचम्म लाग्छ।’

    अब कागमा सुन्दरता जान्नको जिज्ञासा बढ्यो । ऊ सुगा कहाँ गयो । सुगालाई भन्यो, ‘तिमी धेरै सुन्दर छौ, धेरै खुसी हुनुपर्छ रु सुगाले भन्यो, ‘म खुसी थिएँ तर मयूर देखेपछि म धेरै दुखी छु । किनकी त्यो धेरै सुन्दर छ ।’

    कागले मयूरलाई खोज्न थाल्यो तर जङ्गलमा कतै मयूर भेटिएन । जङ्गलका चराचुरुङ्गीले सबै मयूरलाई चिडियाखानाले समातेको बताए । काग चिडियाखानामा गयो, खोरमा राखिएको मयूरले आफ्नो सुन्दरताको कुरा गर्दा, मयूर रुन थाल्यो ।

    अनि भन्यो, ‘धन्यवाद तिमी सुन्दर छैनौ, तब मात्र खुलेर घुम्छौ नत्र त म जस्तै पिँजडामा थुनिएको हुन्थ्यो ।’
    तसर्थ, आफूलाई अरूसँग तुलना गरेर दुःखी हुनु बुद्धिमानी होइन। वास्तविक सुन्दरता हाम्रो असल कर्मबाट आउँछ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार