सोमबार, असोज ३ २०७९    
Galaxy Khabar
SKIP THIS

यस्तो रह्यो अखिल (क्रान्तिकारी) काठमाडौं रेस २०७९ (मिनी म्याराथन) (हेर्नुस् फोटोफिचरसहित)

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, असोज ३ २०७९
  • यस्तो रह्यो अखिल (क्रान्तिकारी) काठमाडौं रेस २०७९ (मिनी म्याराथन) (हेर्नुस् फोटोफिचरसहित)

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) पवन कार्की समुहको केन्द्रीय समितिले संविधान दिवसको अवसरमा काठमाडौं रेस – २०७९ (मिनी मेराथन) को आयोजना गरेको छ ।

    ८ औँ संविधान दिवसको अवसरमा “संविधान कार्यान्वयनमा माओवादी नेतृत्व का लागी हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागी मिनी म्याराथन !!” भन्ने मूल नाराका Nepal Athletics Association, Shahid Smriti Sport Academy, National Sports Council, Nepal को समन्वयमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम हो ।

    विद्यार्थी संगठनमा विवाद भए पश्चात अहिले पञ्चा सिंह नेतृत्वमा एउटा कमिटी छ भने पवन कार्की नेतृत्वको अर्को कमिटी छ । नेकपा (माओवादी केन्द्र) का विद्यार्थी संगठनमा विवाद बढेपछि पञ्चा सिंह समुहले पवन कार्की लगाएत सो समुहका नेताहरुलाई कारबाही गरेको थियो भने पवन कार्की समुहले पनि अध्यक्ष पञ्चा सिंहलाई कारबाहीको सिफारिश गरेको थियो । तर उक्त कारबाहीहरु पार्टी अध्यक्ष प्रचण्ड र पार्टीले सम्बोधन नगर्ने बताउँदै आएका छन् ।

    पार्टीकै नेता रमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौं रेस -२०७९ को उद्दघाटन भएको छ । रमनकुमार श्रेष्ठ क्रान्तिकारी प्रगतिशील कानुन व्यवसायी संघको संयोजक तथा पूर्व महान्यायाधिवक्ता हुन भने अखिल (क्रान्तिकारी) को पूर्व अध्यक्ष पनि हो । अखिल (क्रान्तिकारी) को इतिहास हेर्दा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ पछि को अध्यक्ष हुन रमनकुमार श्रेष्ठ । साथै ओलम्पिक नेपाल कमिटीको सचिव तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष रामजी बहादुर श्रेष्ठ , एथलेटिक्स एशोसिएसनका सचिव आरके बिष्ट, एथलेटिक्स एशोसिएसनका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङको विशेष आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो ।

    त्रिपुरेश्वर स्थित रंगशाला देखि सुरु भएको रेस थापाथली , माइतीघर , बवरमहल, बिजुली बजार पुल हुँदै एभरेस्ट होटल अगाडिको डीभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर सम्मको (५ किलोमीटर दूरी को ) थियो । पुरुष सहभागी ३६५ थिए भने र महिलाको सहभागिता ११२ जनाको गरेर जम्मा ४७७ जनाको सहभागिता रहेको अखिल (क्रान्तिकारी) को प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

    पुरुष तर्फको विजेतामा
    पहिलो :- पिनाकल कलेजका अजित कुमार यादव ( १७.४५.३ मिनटमा)
    दोश्रो :- नेपाल पुलिस क्लबका सन्तोष विक्रम विष्ट (१७.४५.८ मिनेटमा )
    तेश्रो :- त्रीबुभन आर्मी क्लबका मोहन देव जोशी (१८.६.१ मिनेटमा) भएका छन् ।

    महिला तर्फको विजेता
    पहिलो :- नेपाल पुलिस क्लबका राजपुरा पछाई (२०.३५.७५ मिनेटमा)
    दोश्रो :- नेपाल पुलिस क्लबका राममाया बुढा (२०.५०.१५ मिनेटमा)
    तेश्रो :- नेपाल पुलिस क्लबका रेखा विष्ट (२१.३.३५ मिनेटमा)

    महिला र पुरुष दुवै तर्फ पहिलो, दोश्रो, तेस्रो विजेतालाई क्रमश २५,०००/- , २०,०००/- , १५,०००/- नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रमुख अतिथि रमनकुमार श्रेष्ठ, विशिष्ट अतिथिहरुद्वारा वितरण गरिएको प्रवक्ता यादवले बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार