बुधबार, कार्तिक १६ २०७९    
Galaxy Khabar
SKIP THIS

जनताका घरघरमा सुनिल शर्मा

चुनावी अभियानका बीच गरीबको घाउमा मलमलगाउँदै डा. सुनिल शर्मा (फोटो/भिडियो)

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, कार्तिक १६ २०७९
  • चुनावी अभियानका बीच गरीबको घाउमा मलमलगाउँदै डा. सुनिल शर्मा (फोटो/भिडियो)

    काठमाडौं । नेपालमा अहिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरु आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन् । जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरुको रणनीति छ । तर, मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माको दैनिकी भने फरक छ ।

    चुनावी प्रचारप्रसारलाई थाती राखेर उहाँ गरीब बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लाग्नुभएको छ । डा. शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाउनुभएको छ । आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा.शर्माले उहाँको निःशुल्क उपचारको प्रबन्ध गरिदिनुभएको हो ।

    डा. शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उहाँलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याउनुभएको हो । नोबेल डा.शर्माकै स्वामित्वमा रहेको अस्पताल हो ।

    डा.शर्माले बानियाँको निःशुल्क शल्यकृयाको व्यवस्थाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ डा.शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार