
काठमाडौं । सत्ता गठबन्धनको बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ। गठबन्धनकै बैठकले ललिता निवास जग्गा प्रकरणबारे सर्वोच्च अदालतको प्रवेशप्रति गम्भीर आपत्ती जनाउदै आदेशप्रति नै प्रश्न उठाएको छ । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सर्वोच्चको मान मात्रै राख्ने गरी काम गर्न लागेको छ । मान मात्रै राख्नेगरी सरकारको निर्देशनमा सिआईबीले काम गरेपछि पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराईलाई हरुलाई कारवाही त सम्झिने पानी छम्किने त होला नि हैन् ।
यता आफ्नो कार्यकालको सुरुवातमा केही राम्रा काम गरेर जनताको वाहीवाही पाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब आफ्नै खुट्टामा आफैले बन्चरो हान्न थालेका छन् त्यो पनि आफ्ना नेतालाई नै जोगाउनका लागि । गृहमन्त्री श्रेष्ठले फोनलाई मात्रै आधार मानेर पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्ष्क्ष कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने भनेका छन् । अनि उता सक्कली सर्टिफिकेट भएका डाक्टर रन्जित कुमार यादवलाइ शंकाकै भरमा नक्कली करार गरि हिरासत राखेर ती डाक्टरको मर्यादा, इज्जत र पेशामा दाग चाहि किन लगाएको ? सयौ चोटी सुनका तस्करसँग तारन्तार फोन गर्ने महरालाई पक्रिन नमिल्ने तर बकाइदा सक्कली सर्टिफिकेट भएका निर्दोष डाक्टरलाई च्याप्प समातेर ४ दिन हिरासतको चिसो छिडीमा राख्न मिल्ने ? वाह काजी क्या वात ? काजी भनेको काजी नै हो ।
प्रचण्ड सरकारले डाक्टरका सर्टिफिकेट नक्कली कि सक्कली छानबिन गर्न निर्देशन दिन हुने, शरणार्थी काण्ड छानवीन गर्न निर्देशन दिन हुने, एमालेलाई तर्साएर संसदको अवरोध खुलाउन खुलमखुला बार्गेनिङको भाषा बोल्दै गिरिबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु गर्न निर्देशन दिन हुने, ललिता निवास जग्गा प्रकरणमा मुख्य संलग्नता देखिएका गठबन्धनकै शीर्ष नेतामाथि, सुन तस्करी प्रकरणमा नाम जोडिएका महरा बाउछोरा र गौर हत्याकाण्डमा संलग्न पार्टी नेता र सत्ता गठबन्धनका नेतामाथि छानबिन गर्न निर्देशन दिन किन नहुने ? धन्य हो प्रचण्ड सरकार विरोधीलाई खोजीखोजी सिध्याउने अनि आफ्नालाई काखी च्याप्ने ? मैले विरोधीलाई नसिध्याउनुस् भनेको होईन् भ्रष्ट, तस्कर जोसुकै भएपनि नछाड्नुस् । हैन भने जनतालाई झुक्याउने यो नाटक मञ्चन गर्ने काम बन्द गरिदिनुस् । सम्माननिय प्रधानमन्त्रीज्यू प्लीज डन्ट डु दिस टाइप अफ पोलिटिक्स नेपाली जनता धेरै चलाख भइसके ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
