शनिबार, साउन १९ २०८१    
Galaxy Khabar
SKIP THIS

विश्वचर्चित भारतका कथावाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा (हेर्नुस् तस्वीरमा)

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, साउन १९ २०८१
  • विश्वचर्चित भारतका कथावाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा (हेर्नुस् तस्वीरमा)

    काठमाडौं । भारतका सुप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुग्नुभएको छ । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

    वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्नुहुनेछ । उहाँ सपरिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले बताउनुभयो ।

    भारतको मध्यप्रदेशमा जन्मिनुभएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचकअन्तर्गत पर्नुहुन्छ । उहाँको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ । डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य भारत प्रस्थान गर्ने कार्यसूची छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार