
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले ब्याक टु ब्याक राम्रो व्यापार गरिरहेका छन् । यो खुसीको कुरा हो । यसैबीच, शुक्रबार कार्तिक ३० गतेबाट देशव्यापी रिलिज भएको प्रतिक्षित चलचित्र ह्रस्व दीर्घले मिश्रित प्रतिक्रिया पाइरहेको छ । ज्योतिष हरिहर अधिकारी र नायिका निता ढुंगानाको मुख्य लगानी रहेको उक्त चलचित्रको धेरैले मेकिङलाई लिएर प्रशंसा गरिरहेका छन् भने अर्कोतर्फ धेरै दर्शकले कथा पट्यारलाग्दो अर्थात फिल्म लामो बनाएकाले हेर्न त्यति मजा नआएको प्रतिक्रिया जनाइरहेका हुन् ।
यसैक्रममा फिल्म हेर्न पुगेका एकजना सञ्चारकर्मीले दिएको प्रतिक्रिया चर्चामा छ । उनी लेख्छन्, हिजो बिहानै ८ बजेदेखि करिब ११ बजेसम्म वान सिनेमा बानेश्वरमा ह्रस्व दीर्घ हेरियो । चलचित्र हेरेर पहिलो पटक थकित महशुष पनि गरियो । शायद लामो भएर होला । मध्यान्तरमा मुत्र त्याग्ने नाममा झण्डै भागिएन पनि । चलचित्रमा केही कलाकारहरू विपना थापा, सरोज खनाल, किरण केसी, रेखा थापा, गजित विष्ट लगायतको भूमिका रमाइलो पनि लाग्यो । खास सिफारिस केही छैन् । चलचित्र चल्यो भने लगानी चाहिँ पक्का उठाउँछ । चलचित्र हेर्ने बानी गरौँ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
