सोमबार, पुष १५ २०८१    
Galaxy Khabar
SKIP THIS

कृष्ण केसी: एक प्रेरणादायी मानवीय सेवा र समर्पणको गाथा

  • दिपक बिष्ट

    सोमबार, पुष १५ २०८१
  • कृष्ण केसी: एक प्रेरणादायी मानवीय सेवा र समर्पणको गाथा

    कृष्ण केसीको जीवन कथा करुणा, समर्पण, र विश्वव्यापी मानवताको एउटा असाधारण उदाहरण हो। संयुक्त राष्ट्र संघका पूर्व कर्मचारी सदस्यको रूपमा, कृष्णले आफ्नो विशेषज्ञता र जोशलाई थुप्रै देशहरूमा परिवर्तनकारी मानवीय र विकास परियोजनाहरूका साथै उनले विश्वका संकटग्रस्त क्षेत्रहरू मात्र नभइ ग्रामीण नेपालसम्म लाखौं मानिसको जीवनमा परिवर्तन ल्याउने काम गरेर आफ्नो जीवन समर्पित गरेका छन्।एक साधारण व्यक्तिको यात्राले दयालुता, मेहनत, र शिक्षा जस्ता मानवीय मूल्यहरूको सारलाई उजागर गर्दछ। उनका कदम जहाँ पनि पुगे, त्यहाँ उनले आशा, समानता, र सशक्तिकरणको प्रकाश फैलाए।

    शिक्षालाई समाजको आधार मान्ने कृष्ण केसीले महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेका छन्। नेपालजस्तो परम्परागत समाजमा जहाँ महिलाको पहुँच प्रायः सीमित रहन्छ, उनले शिक्षा नै उनीहरूलाई सशक्त बनाउन सक्ने बलियो माध्यम हो भन्ने बुझाइ राखे। काठमाण्डू विश्वविद्यालयमा रु। एक करोडको कोष स्थापना गरेर उनले महिला छात्रवृत्तिको लागि एक अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।यो कोषले नेपालका विपन्न वर्गका हजारौं युवतीहरूलाई आफ्नो पढाइ जारी राख्न मात्र होइन, आत्मनिर्भर बन्न प्रोत्साहनको अवसर समेत प्रदान गरेको छ। यो पहलले नेपालमा महिला सशक्तिकरणको यात्रामा एउटा नयाँ अध्याय थपेको छ।उनको यस कदमले शिक्षा र समानताका क्षेत्रका अभियन्ताको रूपमा चिनायो।

    कृष्ण केसीले आफ्नो पेशागत जीवन मात्र नभइ, आफ्नो सम्पुर्ण जीवनलाई नै मानवताको सेवामा समर्पित गरेका छन्। उनले विश्वभरका चुनौतीपूर्ण र संकटग्रस्त स्थानहरूमा काम गरेका छन्।कम्बोडिया देखि क्यानाडाका विकसित समाजसम्म, उनले जहाँ काम गरे, त्यहाँ आफ्नो छाप छोडे। विशेष गरी उनका सुडानको दारफुर क्षेत्रमा योगदान अत्यन्त प्रेरणादायी छ। युद्धले तहसनहस बनाएको समाजलाई पुनर्स्थापना गर्ने क्रममा उनले खाद्य सुरक्षा, आपतकालीन सहायता, र स्वास्थ्य सेवाहरूको पुनर्संरचनामा समेत सहयोग गरे। यति मात्र नभइ, उनले त्यस क्षेत्रमा शान्ति कायम गर्न पनि महत्त्वपूर्ण भूमिका खेले।उनले दक्षिण एसियादेखि अफ्रिकासम्म, मध्यपूर्वदेखि युरोपसम्म ३० भन्दा बढी देशमा मानवीय सहायता प्रदान गरे। प्रत्येक स्थानमा उनले स्थानीय समुदायको समस्या बुझ्दै उनीहरूको आवश्यकता अनुरूप समाधान खोजे। यो प्रक्रिया कहिलेकाहीं जटिल र चुनौतीपूर्ण भए पनि उनले कहिल्यै हार मानेनन्।
    कृष्ण केसीको योगदान केवल पेशागत दायित्वमा सीमित छैन। उनको पुरै जीवन मानवीय भावना र करुणाको प्रतिबिम्ब हो। उनको यस्तो मानवसेवा प्रतिको सम्बेदना र कार्यहरूले विश्वका धेरै सरकार र संस्थाहरूलाई प्रेरित गर्यो।यसै क्रममा उनलाई क्यानडाको प्लेटिनम जुबिली अवार्ड, रोयल कोरोनेसन अवार्ड, र ग्लोबल ह्युमनिटेरियन अवार्ड जस्ता विश्व व्यापी अवार्डहरु द्वारा सम्मानित गरिएको छ।कम्बोडिया र सुडानका सरकारहरूले उनलाई स्वर्ण पदक प्रदान गरेर सम्मान गरे। यी सबै पुरस्कार र सम्मानहरूले उनी साथै मानवताका लागि उनले देखाएको करुणाप्रति पनि श्रद्धा व्यक्त गर्दछ।

    कृष्ण केसीको योगदान केवल मानवीय सहायता र विकासमा मात्र सिमित छैन । उनले सांस्कृतिक र आध्यात्मिक जीवनलाई पनि सशक्त बनाउने काम गरेका छन्। क्यानडाको स्कारबोरोमा उनले पशुपति मन्दिर स्थापनाका लागि समेत योगदान दिएका थिए। यो मन्दिरले त्यहाँ रहेका नेपाली समुदायलाई आफ्नो सांस्कृतिक जरा जोगाउन र परम्परा संरक्षण गर्न उर्जा दिएको छ।

    शैक्षिक क्षेत्रमा, कृष्ण काठमाण्डू विश्वविद्यालयमा भ्रमण प्राध्यापकको रूपमा कार्यरत छन्, जहाँ उनले आफ्नो ज्ञानको समुन्द्र द्वारा अनुभव बाँडेर भविष्यका पुस्तालाई प्रेरणा प्रदान गर्छन्। क्यानडा र नेपालका प्रतिष्ठित विश्वविद्यालयहरूसम्म उनको प्रभाव फैलिएको छ, जसमा ओटावा विश्वविद्यालय, गुल्फ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, र पोखरा विश्वविद्यालय पनि पर्छन्। यी विश्वविद्यालयहरूमा उनले मानवीय सेवा र विकास सम्बन्धी अनुभवका विषयमा व्याख्यान दिन्छन्। उनको अन्तरदृष्टि र अनुभवहरूले विद्यार्थीहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिन सक्रिय छन्। यस बाहेक, उनले विभिन्न परोपकारी कार्यमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले आफ्नो उदारता र मानवीय भावना प्रकट गर्न कुनै कसर बाँकी राखेनन्।

    कृष्ण केसीले लेखनमार्फत पनि आफ्नो विचार र अनुभवलाई विश्वभर पुर्याएका छन्। नेपाली भाषामा उनले ूविकासमा लक्ष्य समूह दृष्टिकोण, सामुदायिक विकासको नेपाली सन्दर्भ, र अनौपचारिक शिक्षास् एक झलकू जस्ता पुस्तकहरु लेखेका छन्। यी पुस्तकहरूले विकास र मानवीय सेवाका विषयमा गहिरो अन्तर्दृष्टि प्रदान गर्छन्।यसैगरि उनले अंग्रेजी भाषामा द जर्नी अफ होप एण्ड ग्लोबल ह्युमनिटेरियनिज्म, ए टू जेड ह्यान्डबुक फर एनजिओज, र कम्युनिटी डेभलपमेन्टस् द नेपालिज कन्टेक्स्टू जस्ता पुस्तकहरु लेखेका छन्।

    उनि नेपालमा एक गैरसरकारी संस्था सोसाइटी फर कम्युनिटी डेभलप्मेनट प्रोफेसनलस का संस्थापक सदस्यहरूमध्ये एक थिएँ।सो संस्थाको अध्यक्षको अनुरोधमा नवदर्ता संस्थालाई सहयोग गर्न, उहाले एउटा पुस्तक लेख्नुभयो, जसलाई ूकम्युनिटी डेभलपमेन्टस् द नेप्लिज कन्टेक्स्टू नाम दिइएको थियो। पुस्तक बिक्रीबाट राम्रो कोष जुटे पश्चात उनले काठमाडौं उपत्यकाका पहाडी क्षेत्रमा गैरऔपचारिक शिक्षा कार्यक्रम समेत चलाएका थिए।उनले आफ्नो जन्म जन्मस्थान तनहुँमा चिल्ड्रेन एन्ड वोमन डेभलप्मेन्ट सेन्टर नामक गैरसरकारी संस्था स्थापना गर्नुभयो र लामो समय सम्म यसमा आफ्नो योगदान पनि दिए।

    उनले हाल विश्वव्यापी विकासका सिद्धान्त र अभ्यासबारे पुस्तक लेखिरहेका छन्। यो आगामी पुस्तकले अन्तर्राष्ट्रिय स्तरमा विकास र मानवीय सहायता क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। कृष्ण केसीले आधुनिक सञ्चार माध्यमलाई आफ्नो अनुभव र ज्ञान बाँड्ने माध्यम बनाएका छन्। उनले मानवतावादी कृष्ण केसी नामक यूट्युब च्यानल सञ्चालन गरेर आफ्नो जीवनकथा र अन्तरदृष्टि संसारभर पुर्याइरहेका छन्।यो च्यानलले विकास, मानवीय सेवा, र संकट व्यवस्थापनमा चासो राख्ने दर्शकहरूको लागि अमूल्य स्रोत बनेको छ। उनले आफ्नो व्यक्तिगत कथा र जीवनका अनुभवहरू साझा गर्दै नयाँ पुस्तालाई मानवतावादी कामतर्फ आकर्षित गर्ने काम गरिरहेका छन्।

    कृष्ण केसीको जीवन प्रेरणा हो। उनको सरलता, आत्मविश्वास, र मानवीय सेवाप्रतिको समर्पणले लाखौं मानिसहरूलाई प्रेरित गरेको छ। उनले देखाएको मार्गले एउटा यस्तो समाजको परिकल्पना गर्छ, जहाँ मानवता सर्वोपरि हुन्छ र समानतालाई जोड दिदै शिक्षामा समेत प्रोत्साहान गर्छ। उनको जीवनले, दृढ इच्छाशक्ति र अटूट समर्पणले विश्वव्यापी परिवर्तन सम्भव छ भन्ने कुरा हामीलाई सिकाउँछ। उनी जस्ता व्यक्तिहरू नै समाजलाई प्रगतितर्फ लैजान सक्ने असल नेतृत्वकर्ता हुन्।

    कृष्ण केसीको जीवन र काम एक उज्यालो दीप हो, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउने इच्छा राख्ने सबैलाई मार्गदर्शन दिन्छ।उनको यात्राले हामीलाई एउटा कुरामा स्पष्ट गराउँछ, मानवतावादी सोच र कार्यले संकुचित सोच र समाजको सीमाना तोडेर समाजलाई सशक्त बनाउन सकिन्छ। यस्तो अद्वितीय योगदानका लागि उनी सधैं प्रेरणाका स्रोत बनिरहनेछन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार