बिहिबार, माघ ३ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, माघ ३ २०८१
  • सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेर तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    छापावाल सुन बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेर आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

    बुधबार चाँदी १८३० रुपैयाँमा कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार