शुक्रबार, माघ ४ २०८१    
Galaxy Khabar
SKIP THIS

ब्रिटिस आर्मीसँग लगनगाँठो कस्दै गायिका मेलिना

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, माघ ४ २०८१
  • ब्रिटिस आर्मीसँग लगनगाँठो कस्दै गायिका मेलिना

    काठमाडौं । चर्चित पार्श्व गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लमजुङ स्थायी घर भएका ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् ।

    ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । शुक्रबार विवाह गर्न लागेकी उनले बिहिबार इन्गेजमेन्ट गरिसकेकी थिइन् ।

    पारिवारिक स्रोतका अनुसार उनीहरुको वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा शुक्रबार हुँदैछ ।

    मेलिनाका थुप्रै चर्चित गीत गाएकी छन्। उनको रैँया चाँदीको, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्‍यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका गीत हिट रहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार