
काडाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभई काम गर्नका लागि बनाउनुपर्ने बताएका छन्। शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपयले यसको विरोध गर्न खोजिरहेको भन्दै १५÷२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन् । अध्यादेशले शासन खोज्यो भने । १५÷२० दिनभित्र संसद आइसक्छ । संसद आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौँ । दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ । तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन । एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरु । अहिले खोल्न जरुरी छ । उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन् । हाम्रा नीतिहरु, कानूनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन । रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पु¥याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ । एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ । अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन ।’
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने उल्लेख गरे । उनले उर्जाको प्रयोग नबढाई नहुने भन्दै नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्नेमा जोड दिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
