आइतबार, माघ ६ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रतिबन्ध लागु हुनु केही घण्टाअघिबाटै अमेरिकामा चल्न छाड्यो टिकटक

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, माघ ६ २०८१
  • प्रतिबन्ध लागु हुनु केही घण्टाअघिबाटै अमेरिकामा चल्न छाड्यो टिकटक

    टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै आइतबारदेखि अमेरिकामा टिकटक चल्न छोडेको छ । अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् ।

    योसँगै टिकटक एपमा प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै अमेरिकामा टिकटक चल्न छाडेको हो । जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो ।

    सर्वोच्च अदालतको फैसलाको बाबजुद बाइडेनले टिकटकमा प्रतिवन्ध लागू गर्ने सम्भावना छैन । निर्णय आगामी डोनाल्ड ट्रम्प प्रशासनले गर्नेछ । ट्रम्पले हालै सर्वोच्च अदालतलाई वार्ता समाधानको लागि समय दिन टिकटक प्रतिवन्ध ढिलाइ गर्न आग्रह गरेका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार