आइतबार, माघ ६ २०८१    
Galaxy Khabar
SKIP THIS

भीम रावलको पक्षतिर लाग्दा पूर्वमन्त्री सुवेदीसहित दुई जनामाथि एमालेले गर्यो यस्तो कारबाही

  • GalaxyKhabar Desk

    आइतबार, माघ ६ २०८१
  • भीम रावलको पक्षतिर लाग्दा पूर्वमन्त्री सुवेदीसहित दुई जनामाथि एमालेले गर्यो यस्तो कारबाही

    काठमाडौं । नेकपा एमाले कैलालीले पार्टीबाट निष्कासित भीम रावलको अभियानमा लागेको देखिएपछि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका दुई जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।

    शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले मन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठीत सदस्य समेत नहरनेगरि निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    गत शुक्रबार धनगढी पुगेका रावललाई स्वागत गर्न पूर्वमन्त्री सुवेदी र उनका छोरा विमानस्थलमै पुगेका थिए । एमालेमा भीम रावल निकट मानिदै आएका उनीहरु रावलले चलाएको मातृभूमी जागरण अभियानमा सक्रिय भएका छन् ।

    यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने पूर्व सचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार