
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने चेतावनी दिएपछि प्रहरी निगरानी बढाइएको छ ।
सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ छन् ।
रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने तर साम्पाङलाई सामान्य रूपमा सिंहदरबार प्रवेशमा भने रोक नलगाइएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न सोमबार काठमाडौं आइपुगेका हर्क धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने बताउँदै आएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
