बुधबार, माघ ९ २०८१    

सुनको मूल्य फेरि उकालो, एकैदिन १९ सय रुपैँया बढ्यो

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ ९ २०८१
  • सुनको मूल्य फेरि उकालो, एकैदिन १९ सय रुपैँया बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला १९०० रूपैयाँले बढेर  एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

    साथै, बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार