
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ गडुवानका ५२ वर्षीय जित बहादुर थिङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको साथबाट भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम बरामद गरेको हो ।
घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
