बिहिबार, माघ १० २०८१    

थुनछेक बहसका लागि कानुन व्यवसायीसहित अदालत पुगे रवि लामिछाने

  • GalaxyKhabar Desk

    बिहिबार, माघ १० २०८१
  • थुनछेक बहसका लागि  कानुन व्यवसायीसहित अदालत पुगे रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कानुन व्यवसायीसहित अदालतमा उपस्थित भएका छन् ।

    बुटवलको सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा थुनछेक बहसका लागि सभापति लामिछाने रुपन्देही अदालत पुगेका हुन् ।

    बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि परिवार र वकिलको जिम्मा जमानीमा छाडिएका लामिछानेको आज न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको छ । लामिछानेलाई मुद्दाको पुर्वपक्षका लागि धरौटीमा राख्ने, साधारण तारिखमा राख्ने वा कारागार पठाउने भन्ने विषयमा आज बहस हुने छ ।

    पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ । सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार