
काठमाडौं । केहीदिनअघि आक्रमणमा घाइते भएका चर्चित अभिनेता सैफ अली खानको १ खर्ब ५० अर्ब भारू बराबरको सम्पत्ति जफत हुन सक्ने देखिएको छ। शत्रु सम्पत्ति ऐन (१९६८) अनुसार भारत सरकारले (१९४७) पछि पाकिस्तान गएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न सक्ने भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘पतौडी’ परिवारको भोपाल र रायसेनस्थित उनको परिवारको पैतृक सम्पत्ति केन्द्र सरकारले नियन्त्रणमा लिन सक्ने छ।
सैफको भोपालको सम्पत्ति यसै श्रेणीमा पर्दछ। शत्रु सम्पत्ति ऐन १९६८ मा लागू भएको थियो। यस अन्तर्गत, विभाजनपछि पाकिस्तान गएका मानिसहरूले भारतमा छोडेका सम्पत्तिहरूमाथि केन्द्र सरकारको अधिकार छ।
अभिनेता खानमाथि यहि १५ जनवरीमा छुरा प्रहार भएको थियो । छुरा प्रहारपछि घाईते भएका उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनलाई हालै डिस्चार्ज गरि सकिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
