शुक्रबार, माघ ११ २०८१    
Galaxy Khabar
SKIP THIS

३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, माघ ११ २०८१
  • ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा

    काठमाडौं । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ ।अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो ।

    यस्तो किसिमको प्रविधि एसियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा.सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् ।

    डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको शुरुवात गरेका हुन्। सांसद डा. शर्माले गरिव परिवारको निःशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामग्री खरिद गर्नेसम्मका काम निरन्तर रुपमा गर्दै आएका छन् ।

    नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने विश्वास अस्पतालको छ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मुल गर्नसक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ ।

    ब्राकी थेरापीले बिना दुखाई उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार