
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ भएपछि काठमाडौं बाहिरका सबै कार्यक्रममा भर्चुअल सहभागिता जनाएका छन् ।
गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओलीको चिसोका कारण घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालय स्रोतले जनाएको छ । त्यसपश्चात ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएका हुन्।
आज उनको पाल्पामा तीन र रुपन्देहीमा एक कार्यक्रम तय भएका थिए । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन, दिउँसो १२ बजेपछि तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेक थ्रु र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।
कार्यक्रममा भौतिकरुपमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी भएका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
