
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम छ ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
साथै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
