
काठमाडौं । सत्ता-समीकरणमा रहेका दलहरूको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलको बैठक साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा आउँदो शुक्रबार सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ।
सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
