
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
साथै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
